मालिकका कुरा 'स्वाप' मै मिल्यो, बैंकका कर्मचारीलाई अहिल्यैदेखि समायोजनको चिन्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 04:44:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक र नेपाल बंगालदेश बैंकबीच प्राप्ति सबन्धित सम्झौता भए लगत्तै त्यहाँका कर्मचारीहरुले कर्मचारी समायोजनलाई लिएर चिन्ता व्यक्त गरेका छन्। 

दुवै बैंकका संस्थापक सेयरधनी अर्थात दुवै बैंकका मालिकहरुको हिसाब 'स्वाप अनुपात' मा मिलेपनि कर्मचारीहरु पनि समायोजनलाई चिन्तित देखिएका छन्। 

बिशेषगरि नेपाल बंगालदेश बैंकका कर्मचारीहरु समायोजनको मोडालिटीलाई लिएर चिन्तित देखिएका छन्। कर्मचारी समायोजन हुँदा आफुहरुले खाईपाई आएको सेवा सुविधा र आफ्नो बहालवाला पद के हुन्छ भन्ने चिन्ता उनीहरुमा देखिएको छ। 

यता नबिल बैंकका एक जिम्मेवार व्यक्तिले भने दुवै बैंकबीच मर्जर पश्चात विभेदको अनुभूति नहुनेगरि कर्मचारी समायोजन हुने बिजपाटीलाई बताएका छन्। 

"भर्खर प्राप्ति सम्बन्धि सम्झौता भएको छ, अब बिस्तारै कर्मचारी समायोजन लगायतका बिषयमा छलफल हुनेछन' उनले भने, 'कर्मचारी समायोजन हुँदा कम्तिमा पनि खाईपाई आएको सेवा सुविधा यथावत रहनेछ तर पदको कुरा छलफलबाट टुंगो लाग्नेछ।'

पछिल्लो समय मर्जर तथा प्राप्ति गरेका सँस्थाहरुमा बिशेषगरि कर्मचारी समायोजनलाई लिएर बिभिन्न समस्याहरु देखिएकाले अहिलेपनि कर्मचारीहरु समायोजनको बिषयलाई लिएर चिन्तित भएका हुन्। 

अहिलेपनि मर्जर तथा प्राप्ति प्रकृया सम्पन्न गरेका केहि बैंक वित्तीय सँस्थाहरुमा कर्मचारी समायोजनको बिषय 'टाउको दुखाई' को बिषय बनेको छ। केहि बैंकमा समायोजनमा भएको विभेदकै कारण अहिलेपनि पुर्व र वर्तमान कर्मचारी भनेर एक अर्कालाई विभेद गर्ने गरेको पाइन्छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved