हिमालयन बैंकको लाभांश पारित, तर इन्भेष्टमेन्ट बैंकसँगको मर्जर अस्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 07:26:40 PM मा प्रकाशित

nepal oil ltd

हिमालयन बैंकको लाभांश प्रस्ताव पारित भएको छ। बैंकको २९ औं बार्षिक साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने संचालक समितिको निर्णय पारित गरेको हो। 

लाभांश पारित भएपनि इन्भेष्टमेन्ट बैंकसंगको मर्जर प्रस्ताव भने अस्वीकृत भएको छ।  

उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरु मध्ये पचहत्तर प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक पचहत्तर प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको हो। 

उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३%, विपक्षमा ४२.२९% र मत नहाल्नेमा १४.०९५ रहेका थिए ।

हाल, बैंकले देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ ब्त्ः र ५००० भन्दा बढी एइक् त्भचmष्लबकि संख्याबाट सेवा प्रदान गर्दै आएकोे छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४९ अर्ब ३८ करोड १७ लाख पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढ्न गई रु. १ खर्ब ३२ अर्ब ८५ करोड ८४ लाख पुगेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved