वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले ल्यायो विभिन्न छुट अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 12:19:30 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि मोवाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा २०७८ माघ १  गते दखि चैतमसान्तसम्म लागू हुने गरी मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । 

साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ । 

आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी  ५७औँ वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved