सिद्धार्थ बैंकका ग्राहकहरुलाई चितवन मिडटाउन रिर्सोटमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2022 | 04:39:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकका ग्राहकले चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिर्सोटमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच छुट सम्बन्धि सम्झौता भएसँगै बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गा राज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैकिङ्ग, वा इन्टरनेट बैैंकिङ्ग प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved