नेपाल बैंक बन्यो कर्जा विस्तार तथा निक्षेप संकलनमा दोस्रो, ५ महिनामै अर्ब क्लबमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2022 | 05:19:23 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक बर्षको पछिलो ६ महिनामा संचालनमा रहेका कमर्शियल बैकहरुले झन्डै सवा ४ खर्ब कर्जा विस्तार गरेका छन् भने सवा १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। यो कमर्शियल बैंकका सीईओहरुको छाता संगठन 'नेपाल बैंकर्स संघ', एनबिए ले सार्वजनिक गरेको तथ्यांक अनुसार हो।  

कमर्शियल बैंकहरु मध्ये ६ महिनाको अवधिमा सबै भन्दा बढी निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैक एक नम्बरमा रहेको छ भने सबै भन्दा बढी कर्जा विस्तार गर्नेमा सनराइज बैंक अगाडी रहेका छन्। 

तर सबै भन्दा बढी निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने बैंकको दोस्रो नम्बरमा भने नेपाल बैंक रहेको छ। सरकारी स्वामित्वको नेपाल बैंक निक्षेप संकलन तथा कर्जा विस्तारमा दोस्रो नम्बरमा रहेको छ। 

नेपाल बैंकले आर्थिक बर्षको पहिलो  ६ महिनामा १९ अर्ब ७९ करोड निक्षेप संकलन गर्दा २७ अर्ब ९६ करोड कर्जा विस्तार गरेको छ। त्यस्तै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल बैंकले ५ महिनामै १ अर्ब ३ करोड खुद मुनाफा आर्जन गरेर अर्ब क्लबमा प्रवेश गरेको छ। 

आर्थिक बर्षको पहिलो ६ महिनामा बैंकहरुले १ खर्ब २२ अर्ब ९५ करोड रुपैयाँले निक्षेप बढाएका छन्। उनीहरुको निक्षेप बढेर ४३ खर्ब २४ अर्ब ३४ करोड पुगेको छ। 

जसमध्ये आर्थिक बर्षको पहिलो ६ महिनामा बढी निक्षेप संकलन गर्नेमा सनराइज बैंक अगाडी रहेको छ। सनराइज बैंकले २१ अर्ब ४४ करोड निक्षेप संकलन गर्दा दोस्रो नम्बरमा रहेको नेपाल बैंकले १९ अर्ब ७९ करोड निक्षेप संकलन गरेको छ। 

त्यस्तै त्यस्तै आर्थिक बर्षको पहिलो ६ महिनामा २७ वटा कमर्शियल बैंकहरुले ४ खर्ब २२ अर्ब ७० करोड रुपैयाँले कर्जा विस्तार गरेका छन्। जसमध्ये सबै भन्दा बढी कर्जा विस्तार गर्नेमा ग्लोबल आइएमई बैंक अगाडी रहेको छ। 

ग्लोबल आइएमई बैंकले २८ अर्ब ७० करोड कर्जा बिस्तार गरेको  छ भने दोस्रो नम्बरमा रहेको नेपाल बैंकले २७ अर्ब ९६ करोड कर्जा विस्तार गरेको छ। 

लमजुङका कृष्ण अधिकारीको नेतृत्त्वमा रहेको नेपाल बैंकले सरकारी स्वामित्वको बैंक भएपनि चालु आर्थिक बर्षको पहिलो छ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तारम दोस्रो नम्बरमा आफुलाई उभ्याउन सफल भएको छ। 


५ महिनामै नेपाल बैंक अर्ब क्लबमा 

चालु आर्थिक बर्षको पहिलो ५ महिनामा नै नेपाल बैंक १ अर्ब खुद मुनाफा आर्जन गर्ने कमर्सियल बैंकको सुचिमा उक्लिएको छ। मङ्सिर मसान्तसम्म नेपाल बैंकले १ अर्ब ३ करोड ५० लाख रुपयाँ आर्जन गरेको छ। २७ मध्ये ११ वटा कमर्शियल बैक अर्ब क्लबमा प्रवेश गर्दा सरकारी स्वामित्वको नेपाल बैंक एघारौँ स्थानआ उक्लिएको हो।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved