नबिल बैंकका अध्यक्ष पौडेलले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2022 | 09:05:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन्। बैंकको पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आज पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई २०७८ पौष ३० गते सम्पन्न बैंकको ३७औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिको रुपमा निर्बिरोध निर्वाचित गरेको हो । 

सपथ ग्रहण कार्यक्रममा बैंकले  अहिले सम्म गरिआएको कार्यहरुलाई गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरको बैंकले जनाएको छ । बैंकका अनुसार शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए ।

 नबिल बैंकले १३५ शाखा,  १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved