आजदेखि बैंक छिर्न पनि खोप लगाएको कार्ड अनिवार्य, फेसबुकबाट सूचना दिदै बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 08:47:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आज माघ ७ गतेदेखि बैंक लगायतका  सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्ड नभएकाहरुले  सार्वजनिक निकायमा सेवा प्राप्त गर्न सक्ने छैनन्  । 

खोप कार्ड नभएकाहरुले आफ्नो खोप कार्डको फोटो मोबाइलमा देखाएर सेवा लिन सक्ने छन्  । सरकारले आज बाट यो ब्यबस्था लागु गरेको हो । सोहि अनुसार बैंकहरुले आफ्नो फेसबुक पेज मार्फत र कार्यालय बाहिर सूचना टाँस गरेर खोप कार्ड अनिवार्य गरिएको जानकारी प्रवाह गरेका छन् । 

आजबाट भौतिक रुपमा उपस्थित भई गर्नु पर्ने कार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्नु पर्छ भने खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्नु पर्छ। आजबाट खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीलाई मात्र खोप कार्डको आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न दिने ब्यबस्था गरिएको छ  ।

साथै काठमाडौँमा आज रातिबाट सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।

हेर्नुस मेगा र प्रभु बैंकले जारी गरेको सूचना : 

May be an image of 1 person and text

May be an image of ‎1 person and ‎text that says '‎प्रभु बैंकको जरुरी सूचना! कය खोप कार्ड محوส कोभिड-१९ संक्रमण जोखिम नियत्त्रणका लागि सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोपकार्ड अनिवार्य गर्नें नेपाल सरकारको निर्णयबमोजिम मिति गतेबाट यस बैंकका कुनैपनि शाखा वा कार्यालयहरुमा प्रवेग गर्नु हुने सम्पुर्ण महानुभावहरुले अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि) साथमा लिएर आउतु पर्नें व्यवस्था गरिएको व्यहोरा यसै सूचना मार्फत जानाकारी गराइन्छ यसबाट हाम्रा ग्राहक तथा सेवाग्राही महानुभावहरुलाई पर्न जाने असुविधा प्रति हामी क्षेमाप्र्थी छौं e m বখালি ባলবশ pRaBhu Bank‎'‎‎



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved