फुलासीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2022 | 12:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले रामेछापको मन्थली नगरपालिका–१४ फुलासीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकको मन्थली शाखाका प्रबन्धक रमेशराज सुवेदीले उक्त शाखारहित बैंकिङ सेवाको सुरुवात गरेका हुन् । 

यो सँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८४ पुगेको छ । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा बैंकले वसन्तकुमार लामालाई नियुक्त गरेको छ ।

बैंकले हाल १३९ वटा शाखा, ८४ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved