रामेछापको फुलासी र ओखलढुंगाको कुन्तादेवीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 05:22:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले २ वटा शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ । 

बैंकले माघ ७ गते शुक्रबार रामेछाप जिल्लाको मन्थली नगरपालिका १४ फुलासीमा ८४ औं माघ ८ गते शनिबार ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका १ कुन्तादेवीमा ८५ औं शाखारहित बंैकिङ सेवा सुरु गरेको हो । 

बैंकले सेवा सञ्चालनका लागी फुलासीका बसन्त कुमार लामा र कुन्तादेवीका लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । यी शाखारहित बंैकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved