२ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको तयारी, तरलता समस्या बढ्न सक्ने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2022 | 04:57:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । राष्ट्र बैंकको मौद्रिक ब्यबस्थापन विभागले चालु आर्थिक वर्षमा थप २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार राष्ट्र बैंकले चैत्र मसान्तसम्ममा १ खर्ब ५० करोड उठाउने छ। राष्ट्र बैंकले तेस्रो त्रैमासमा अर्थात् माघ देखि चैत्रसम्मको अवधिमा ४४ अर्बको ट्रेजरी बिल, ५४ अर्ब ५० करोडको विकास ऋणपत्र , र २ अर्बको नागरिक बचतपत्र गरि कुल १ खर्ब ५० करोड उठाउने तयारी गरेको हो । त्यसै गरि चौथो त्रैमास अर्थात् बैशाख देखि असारसम्म राष्ट्र बैंकले ५५ अर्बको ट्रेजरी बिल, ७५ अर्बको विकास ऋणपत्र , २ अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक नागरिक बचतपत्र गरि कुल १ खर्ब ३२ अर्ब ५० करोड आन्तरिक ऋण उठाउने भएको हो । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएँन भने दोस्रो त्रैमासमा ६ अर्ब मात्र आन्तरिक ऋण उठाएको थियो । अब भने राष्ट्र बैंकले बाँकि २ त्रैमासमा गरि २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कुल २ खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले  ल्याएको बजेटमा  २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरिएकोमा अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक ऋणको लक्ष्य घटाएर २ खर्ब ३९ अर्ब रुपैयाँ कायम गरेका हुन् ।

राष्ट्र बैंकले नेपाल सरकारको लागि स्रोत जुटाउन आन्तरिक ऋणपत्र निष्काशन गर्ने गर्दछ । तर यस वर्ष तरलता अभाव भएकै कारण राष्ट्र बैंकले हालसम्म ठूलो मात्रमा आन्तरिक ऋण उठाएको थिएँन् । तर अब ६ महिनामा २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने भएपछि तरलताको समस्या बढ्न सक्ने विश्लेषकहरु बताउछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved