तरलता अभावको दबाबमा निरन्तर पेलिँदै कमर्शियल बैंक, हप्तादिनमै १६ अर्बले घट्यो लगानीयोग्य रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2022 | 03:19:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिंङ प्रणालीमा तरलता झनै दबाबमा देखिएको छ। पछिल्लो एक सातामा बैंकिंङ प्रणालीमा निक्षेप १३ अर्बले घट्दा कर्जा लगानी १ अर्बले मात्रै बढेको छ। 

कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार माघको पहिलो साता अर्थात पुष ३० गतेदेखि माघ ७  गतेसम्म निक्षेप १३ अर्बले घटेको छ भने कर्जा प्रवाह पनि मात्रै १ अर्बले बढेको छ। 

पुष ३० गतेदेखि माघ ७ गतेसम्म निक्षेप १३ अर्बले घटेर ४३ खर्ब २४ अर्बबाट ४३ खर्ब ११ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी पनि १ अर्बले बढेर ४१ खर्ब ४३ अर्बबाट ४१ खर्ब ४४ अर्ब पुगेको छ। 

पुनर्कर्जाको पैसा विस्तारै बैंकिंङ प्रणालीमा आउँन थालेपनि र नेपाल राष्ट्र बैंकले आयातमा कडाई लगायतका केहि कदम चालेपनि बैंकिंङ प्रणालीमा निक्षेप बढ्न सकेको छैन। माघ ९ गतेसम्म समग्र बैंकिंङ प्रणालीमा १६ अर्ब रुपैयाँ लगानीयोग्य रकम अर्थात तरलता उपलब्ध छ। जुन अघिल्लो साताको तुलनामा  झन्डै १६ अर्बले कम हो। गत साता अर्थात पुष ३० गतेसम्म बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम ३२ अर्ब थियो।  

त्यस्तै पुनर्कर्जा बापतको ६० अर्ब रुपैयाँ बैंकिंङ प्रणालीमा आएको छ। तरलता व्यवस्थापनकै लागि नेपाल राष्ट्र बैंकले पुष ५ गते स्वीकृत गरेको  ९२ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा अन्तर्गतको ६० अर्ब रुपैयाँ बैंकिंङ प्रणालीमा आएको हो

    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved