राष्ट्रिय वाणिज्य बैंकमा २ लाखसम्म भुक्तानी लिन चेक नचाहिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2022 | 02:52:18 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा समत क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले गत माघ १० गतेबाट सेवाको शुुभारम्भ गरेको जनाएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको सुभारम्भ गरेका हुन् । बैंकले मोवाइल बैंकिङ्ग सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्युआर स्क्यान गरी दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा  क्युआर टेलर सेवा  सेवा लागू गरेको जनाएको छ । अब सिमित कारोबरको लागि बैंकमा चेक बोकेर गइरहनु पर्दैन ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी  अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा (USSD) सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ ।

हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा संचालनमा रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved