विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2022 | 05:50:02 PM मा प्रकाशित

laxmi bank ntc

मेगा बैंक Mega Bank Nepal Limited ले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । 

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्रसँग आवद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरेकी हुन् । 

कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो । यो सुबिधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकको विश्वास छ ।

एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्रसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुहरुलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पु¥याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको मेगा बैंक विराटनगर देवकोटा चोकस्थित शाखाका प्रबन्धक विनोदराज थापाले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved