सनराइज बैंकले पायो न्यून जोखिम मानिने ए माइनस ईस्यूवर रेटिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2022 | 12:29:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ्स नेपालले पुन: ए माइनस ( "A-") ईस्यूवर रेटिङ्ग प्रदान गरेको छ । केयर रेटिङ्सद्वारा गरिने निरिक्षणमा बैंकले विगत ४ बर्ष देखि नियमित रुपमा “A-" रेटिङ्ग प्राप्त गर्न सफल भएको बैंकले उल्लेख गरेको छ।

ए माइनस रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिने बैंकले जनाएको छ। बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखीमहरुलाई न्यूनिकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्ने बैंकले उल्लेख गरेको छ।

आगामी दिनहरुमा पनि बैंकले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved