राष्ट्र बैंकले बैंकहरुसँग माग्यो ७ लाख भन्दा बढी नगदमा भएका कारोबारको विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2022 | 08:04:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो ।

विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य बैंकहरूलाई पठाएको पत्रमा गत साउन १ देखि पुस ३० गतेसम्म भएका रु सात लाखभन्दा बढीको नगद कारोबार गर्नेको पूर्ण विवरण यही माघ २४ गतेसम्ममा उपलव्ध गराउन निर्देशन दिइएको छ ।

बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सम्बोधन गरि पठाईएको पत्रमा भनिएको छ 'यस विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाईले त्यस बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाको विषयमा स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको विदितै छ। सोही सन्दर्भमा त्यस बैंकबाट मिति २०७८ श्रावण १ देखि मिति २०७८ पुष ३० गतेसम्ममा प्रति कारोबार रु. ७,००,००० वा सो भन्दा बढी नगदमा भएका कारोबारहरुको विवरण देहाय बमोजिमको ढाँचामा यस विभागको ईमेल [email protected] मा मिति २०७८/१०/२४ भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ। ''

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved