नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा पुनः डा.महावीर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2022 | 04:29:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेड Nepal Bank Limited ले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । गतबर्ष बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रीय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको १ वर्षको सम्झौता अवधि सकिएपछि माघ २० गते देखि पुनः १ वर्ष अवधि थप गरि सम्झौतामा हस्ताक्षर गरिएको हो ।

उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । 

नेपालभरी २१३ शाखाहरु, १४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायत करिब २५०० कर्मचारीहरुबाट बैकिङ सेवा प्रदान गरिरहेको नेपाल बैंक आज  नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाड बढिरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved