बैंकका मालिकको प्रतिवेदन: सेयर र घरजग्गामा धेरै कर्जा सहित ६ कारणले तरलता अभाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 07:28:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्थाका अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले घरजग्गा र सेयरमा कर्जा प्रवाह बढ्दा वित्तीय प्रणालीमा तरलता अभाव देखिएको निष्कर्ष निकालेको छ । परिसंघले तरलता अभावका सम्बन्धनमा गरेको अध्ययन प्रतिवेदनमा अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभाव भएको उल्लेख छ।

तरलता अभावका कारणहरु तथा समाधानका लागि सुझाबहरु सम्बन्धमा सिबिफिनले गरेको अध्ययनमा सेयर र घरजग्गा जस्तो क्षेत्रमा धेरै कर्जा जाँदा तरलतामा दबाब परेको उल्लेख छ।

२०७८ को तथ्यांकअनुसार कुल ४६ खर्ब ३ अर्ब कर्जा प्रवाह हुँदा झन्डै १० खर्ब ५५ अर्ब रुपैयाँ 'अन्य शिर्षक' अन्तर्गत लगानी भएको र यस्तो लगानीको ठुलो हिस्सा घरजग्गा र सेयर कारोबारमा गएको प्रतिवेदनमा उल्लेख छ।   

सिबिफिनले सिबिफिनका कार्यसमिति सदस्य तथा नबिल बैंकका अध्यक्ष, बैंकर्स संघका पुर्वअध्यक्ष तथा एनएमबि बैंकका पुर्व कार्यकारी अधिकृत उपेन्द्र पौड्यालको संयोजकत्वमा अध्ययनसमिति गठन गरेर प्रतिवेदन तयार गरेको हो। अध्ययन कार्यदलका अन्य सदस्यमा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा रमेश पौडेल, बैंकिंङ बिज्ञ बालनर सिंह घर्ति र सिबिफिनका महानिर्देशक गोपाल तिवारी रहेका छन्।     

कम उत्पादकत्वका क्षेत्रमा उच्च कर्जा प्रवाह भएको सहित बिभिन्न ६ वटा कारण प्रतिवेदनमा उल्लेख गरिएको छ। 

अनुत्पादक क्षेत्रमा धेरै कर्जा लगानी, आयात वृद्धि, विप्रेषण (रेमिट्यान्स) मा कमि, कर्जा मिश्रण, सरकारले पुँजीगत खर्च गर्न नसक्नु, निक्षेप मिश्रण जस्ता कारणहरुले तरलता अभाव भएको प्रतिवेदनमा उल्लेख छ।  प्रतिवेदनमा तरलता अभावका कारण मात्र उल्लेख नगरी यसका समाधानका उपायहरु समेत उल्लेख गरिएको छ।     

त्यस्तै अर्थतन्त्रको संरचना, राष्ट्र बैंकका नीति नियम, प्रतिफलको दबाब, केहि नीतिगत परिवर्तन, पुंजीवृद्धि, सरकारको कम्जोर पुँजीगत खर्च क्षमता जस्ता बिषयहरु पनि तरलता अभावका कारण भएको प्रतिवेदनका संयोजक उपेन्द्र पौडेलले बताएका छन्।  

त्यस्तै सीबीफिनका अध्यक्ष तथा एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानले तरलता अभावका बिभिन्न कारणहरुबारे जानकारी दिएका छन्। तरलता अभावका कारणहरुमा प्रतिवेदनमा उल्लेख बिषय सहित ओछ्यानको पैसा बैंकिंङ प्रणालीमा आउँनलाई रोक्ने नीति नियम तथा कम उत्पादनशिल क्षेत्रमा भएको ठुलो लगानी पनि रहेको उनको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved