सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा ललितपुरको सुबानेमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 03:07:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले ललितपुरको बागमती गाउँपालिकास्थित सुबानेमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ९१ शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved