तरलता अभावको दबाबमा निरन्तर पेलिँदै कमर्शियल बैंक, निक्षेप र कर्जा लगानीमा संकुचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 07:56:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिंङ प्रणालीमा तरलता झनै दबाबमा देखिएको छ। पछिल्लो एक सातामा बैंकिंङ प्रणालीमा निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी १ अर्बले मात्रै बढेको छ। 

कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार माघको तेस्रो साता अर्थात माघ १४ गतेदेखि माघ २१   गतेसम्म निक्षेप ३ अर्बले घटेको छ भने कर्जा प्रवाह मात्रै १ अर्बले बढेको छ। 

माघ १४ गतेदेखि माघ २१ गतेसम्म निक्षेप ३ अर्बले बढेर ४३ खर्ब ०८ अर्बबाट ४३ खर्ब ११ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी पनि १ अर्बले बढेर ४१ खर्ब ४८ अर्बबाट ४१ खर्ब ४९ अर्ब पुगेको छ। 

पुनर्कर्जाको पैसा विस्तारै बैंकिंङ प्रणालीमा आउँन थालेपनि र नेपाल राष्ट्र बैंकले आयातमा कडाई लगायतका केहि कदम चालेपनि बैंकिंङ प्रणालीमा निक्षेप बढ्न सकेको छैन।

यद्दपी माघ २२ गतेसम्म समग्र बैंकिंङ प्रणालीमा ३५ अर्ब रुपैयाँ लगानीयोग्य रकम अर्थात तरलता उपलब्ध छ। जुन अघिल्लो साताको तुलनामा झन्डै १९ अर्बले बढी हो। गत साता अर्थात माघ ९ गतेसम्म बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम १६ अर्ब थियो।  

त्यस्तै पुनर्कर्जा बापतको ६० अर्ब रुपैयाँ बैंकिंङ प्रणालीमा आएको छ। तरलता व्यवस्थापनकै लागि नेपाल राष्ट्र बैंकले पुष ५ गते स्वीकृत गरेको ९२ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा अन्तर्गतको ६० अर्ब रुपैयाँ बैंकिंङ प्रणालीमा आएको हो। 

पुनर्कर्जा बापतको पैसा बैंकिंङ प्रणालीमा आउँदा तरलतामा केहि सहजता देखिएपनि सरकारको लागि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण ३९ अर्ब उठाएको छ। सरकारको लागि राष्ट्र बैंकले आन्तरिक ऋण उठाउँने र उक्त रकम सरकारले खर्च गर्न नसक्दा बैंकिंङ प्रणालीमा तरलता योग्य रकमको दबाब झनै बढ्ने अवस्था हुन्छ। 

चालू आर्थिक वर्षमा २ खर्ब ३९ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले पुषसम्म ६ अर्ब मात्रै उठाएको छ। यसबाहेक अबको चैतसम्ममा सरकारले थप १ खर्ब ऋण उठाउन लागेको छ। सरकारले ऋण उठाएको अनुपातमा खर्च गर्न नसक्ने हो भने अर्थतन्त्रमा अझैं ठुलो चुनौती थपिने जानकारहरुको भनाई छ।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved