रुकुमको भुमे गाउँपालिकामा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2022 | 12:09:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले पुर्व रुकुम जिल्लाको भुमे गाउँपालिका, महतमा यहि माघ २३, गतेबाट ९२ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी   धन बहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । 

बैंकका अनुसार यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

बैंकले १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ९२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  सेवा प्रदान गरिरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved