अनलाइनबाटै ५ लाखसम्मको ऋण लिन सकिने, राष्ट्र बैंकले जारी गर्यो मार्गदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2022 | 12:21:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रश्र्ता बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धि मार्गदर्शन जारी गरेको छ । विद्युतीय कर्जासम्बन्धी मार्गदर्शनको मूल उद्देश्य सूचना प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई छिटो छरितो, सरल र सहज रूपमा कर्जा प्रदान गर्ने तथा कर्जाको असूली कार्यलाई सहजीकरण गर्नु रहेको राष्ट्र बैंकले जनाएको छ ।

मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा तलवी खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम रू.५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम रू.२ लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सकिनेछ । यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुनेछ । साथै, कर्जा प्रदान गर्दा फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिनेछ ।

मार्गनिर्देशन अनुसार ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाहसम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एप (Mobile App) को माध्यमबाट समेत यस्तो कर्जा आवेदन प्राप्त गर्ने सक्नेछन् । आवेदन प्राप्त भएपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्याङ्क विभिन्न श्रोतबाट विद्युतीय माध्यममार्फत् प्राप्त गर्नुपर्नेछ।

कर्जाको आवेदन दिने ग्राहक कर्जा प्राप्त गर्न योग्य भए/नभएको पर्याप्त विश्लेषण गरी योग्य आवेदकलाई विद्युतीय माध्यमबाट कर्जा स्वीकृत भएको जानकारी गराउनु पर्नेछ । स्वीकत कर्जा रकम प्रवाह गर्दा सम्बन्धित ग्राहकको खातामा जम्मा गरी सोको जानकारी ग्राहकलाई दिनुपर्नेछ। कर्जासम्बन्धी कागजातहरू विद्युतीय माध्यममा सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउनु पर्नेछ । कर्जा प्रवाह प्रक्रिया, ग्राहक, बैंक तथा वित्तीय संस्थाको कर्तव्य तथा उत्तरदायित्व, ग्राहक संरक्षणसँग सम्बन्धित विषयहरू, कर्जासम्बन्धी गुनासो सुनुवाईको व्यवस्था सम्बन्धमा विद्युतीय माध्यमबाट पर्याप्त जानकारी दिने व्यवस्था मिलाउनु पर्नेछ ।

यसबाट स-साना रकममा प्रवाह हुने कर्जाको लागत कम भई पारदर्शी रूपले कर्जा विस्तारमा सहयोग पुग्न जाने रश्र्ता बैंकको विश्वास छ । राष्ट्र बैंकले भनेको छ ' भौतिक उपस्थितिबिना प्रविधिमा आधारित भई कर्जासँग सम्बन्धित सेवा प्रवाह हुने भएकाले सेवा प्रदान गर्ने संस्था र सेवाग्राहीको श्रम, समय र लागत आदिमा बचत हुने र यदाकदा देखिने महामारीको समयमा स्वास्थ्य सतर्कता अपनाई कर्जा प्रवाह गर्न सघाउ पुग्दछ । साथै, अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले नवीनतम प्रविधिको प्रयोग गरी सम्भावित ग्राहक र बैंक तथा वित्तीय संस्था बीचमा सम्पर्क स्थापना गराई कर्जा प्रवाहमा सहजीकरण गर्न सक्ने अपेक्षा गरिएको छ ।'

यहाँ क्लिक गरेर मार्गनिर्देशनको पूर्ण पाठ हेर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved