
माघ २९ गते शनिवार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ । शनिवार भए पनि नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै आरआरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।
विकास ऋणपत्र २०८५ "क" को व्याज भुक्तानीको लागि २०७८/१०/२९ गते शनिवार बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म आरआरटीजीएस प्रणाली संचालन हुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।
आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ। आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । यो प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट हने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ । सर्वसाधारण ग्राहकको तर्फबाट प्राप्त भुक्तानी आदेशहरू बैंक तथा वित्तीय संस्थामा प्राप्त भएको ३० मिनेटभित्र सम्पन्न गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।