ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई भ्यालेन्टाइन्स डेमा क्यासब्याकको अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2022 | 05:31:55 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकका अनुसार ग्राहकले  फाल्गुन १ तथा २ गते सरसामान खरिद गर्दा “मेरी उनीलाई” लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यासब्याक पाउने छन्। 

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको जनाएको छ । 

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि मार्फत सेवा प्रदान गरिरहेको छ । 

 बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved