पुस महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ४७ अर्बको कारोबार, एटिएमबाट ६९ अर्ब निकालियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 10:22:33 AM मा प्रकाशित

laxmi  sunrise bank

पुस महिनामा कनेक्ट आईपीएस मार्फत करिब साढे २ खर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ४७ अर्बको कारोबार भएको हो । मङ्सिर  महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब २८ अर्बको कारोबार भएको थियो । 

राष्ट्र बैंकका अनुसार पुस महिनासम्ममा  कनेक्ट आईपीएसका ग्राहक ७ लाख ६४ हजार पुगेका छन् । मङ्मसिर हिनामा यो संख्यामा ७ लाख ४० हजार थियो । 

त्यस्तै पुसमा वालेटमार्फत १६ अर्ब २७ करोडको कारोबार भएको छ । मङ्मसिर महिनामा यो रकम १५ अर्ब ५२ करोड रहेको थियो । क्युआर कोड मार्फत भने पुसमा ६ अर्ब ५२ करोडको कारोबार भएको छ । मङ्सिरमा क्युआर कोड मार्फत भएको कारोबार ६ अर्ब २८ करोड कारोबार भएको थियो । 

पुस महिनामा एटिएम मार्फत हुने कारोबार पनि बढेको छ । मङ्सिरमा एटिएमबाट ५९ अर्ब ९० करोड नगद निकालिएकोमा पुसमा भने ६९ अर्ब २९ करोड नगद निकालिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved