नेपाल बंगलादेश बैंकको शेयर ६ अर्बमा सारिका चौधरीलाई बेच्ने आइअफआइसी बैंकको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 08:28:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकको विदेशी साझेदार आइअफआइसी बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको सम्पूर्ण शेयर सारिका चौधरीलाई बेच्ने निर्णय गरेको छ । आइअफआइसी बैंकले त्यहाँको स्टक एक्सचेन्ज चिटागंग स्टक एक्सचेन्जलाई सम्पूर्ण शेयर सारिका चौधरीलाई बेच्ने निर्णय भएको जानकारी गराएको हो।

स्टक एक्सचेन्जलाई जानकारी गराईएको सूचना अनुसार बैंकको शेयर नेपाली रुपैयाँ ६ अर्ब १८ करोड ७० लाख ७ हजार ५ सय ६८ रुपैयाँमा बिक्रि गर्ने निर्णय भएको उल्लेख गरिएको छ । यो निर्णय नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायले स्वीकृति दिएपछि कार्यन्वयन हुने आइअफआइसी बैंकले उल्लेख गरेको छ ।

आइअफआइसी बैंकले ७ महिना अगाडी सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता संस्थापाक शेयर बिक्रि गर्ने जनाएको थियो । नेपाल बंगालदेश बैंकले आर्थिक वर्ष ७७/७८ मा १२ प्रतिशत बोनस वितरण गरे पश्चात यो शेयर संख्या बढेर ४ करोड १२ लाख ४६ हजार ७ सय १७ दशमलव १२ कित्ता पुगेको छ ।  ६ अर्ब १८ करोड ७० लाख ७ हजार ५ सय ६८ रुपैयाँले हिसाब गर्दा आइअफआइसी बैंकले आफुसँग भएको शेयर प्रति कित्ता १५० नेपाली रुपैयाँको दरले बिक्रि गर्न लागेको देखिन्छ ।

शेयर खरीद गर्न लागेकी सारिका चौधरी विनोद चौधरीकी श्रीमती हुन् । हाल नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने प्रक्रिया सुरु गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved