गत साता वाणिज्य बैंकहरुको निक्षेप बढेन, ६ अर्ब कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 09:53:26 AM मा प्रकाशित

laxmi  sunrise bank

गत साता वाणिज्य बैंकहरुको निक्षेप स्थित रहेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघ २१ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा माघ २९ गतेसम्म आईपुग्दा पनि बैंकहरुको निक्षेप  ४३ खर्ब ११ अर्ब नै कायम छ । यद्यपि अवधिमा नेपाल मुद्राको निक्षेप २ अर्ब बढेको छ भने विदेशी मुद्राको निक्षेप २ अर्ब घटेको छ । 

त्यस्तै यस अवधिमा ६ अर्ब कर्जा प्रवाह भएको छ ।  माघ २१ गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ४९ अर्ब रहेकोमा माघ २९ गतेसम्म आईपुग्दा  बैंकहरुको कर्जा प्रवाह ६ अर्बले बढेर ४१ खर्ब ५५ अर्ब पुगेको छ ।  

वाणिज्य बैंकहरुले फागुनको लागि ब्याजदर बढाएका छन्  ।  २ महिनासम्म ब्याजदर स्थित राखेका बैंकहरुले फागुनको लागि भने ब्याज बढाएका छन्  ।  बैंकहरुले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिएका छन् । 

बाणिज्य बैंकहरुले ब्याज बढाएपछि विकास बैंक र फाइनान्सहरुले पनि फागुनको लागि ब्याज बढाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved