मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा आजै आउँन सक्ने, राष्ट्र बैंकको संचालक समिति बैठक बस्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 04:10:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा आज बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको समिक्षा पारित गर्न आज साँझ नै राष्ट्र बैंकको स्नाचालक समितिको बैठक बोलाईएको छ । 

बोर्ड बैठकले पारित गरे आज नै मौद्रिक नीतिको समिक्षा सार्वजनिक हुने छ । बोर्ड बैठकले पारित गरे आज साँझ नै वेबसाइट मार्फत समिक्षा सार्वजनिक गर्ने छ । बोर्ड बैठकले पारित गरेपछि बाहिर सूचना चुहिन सक्ने भएकोले आज साँझ नै भए पनि समिक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । समिक्षाबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ सचिव मधुकुमार मरासिनीसँग छलफल गरेका थिए । 

समिक्षाले पुराना नीतिलाई नै निरन्तरता दिने, र खासै ठूलो नीतिगत परिवर्तन नगर्ने राष्ट्र बैंक स्रोत बताउछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved