एनएमबिका ग्राहकहरुलाई बिराटनगरको हाम्रो अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 06:27:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकका ग्राहकले बिराटनगरको हाम्रो अस्पतालमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार छुट उपलब्ध हुने भएको हो ।

उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा छुट तथा सहुलियत दिने जानकारी गराईएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने छ । 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन् 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved