एनआईसी एसियामा बैंक खाता भएका पन्तले पाए बीमा बापत १० लाख रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 10:30:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाख बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ। 

जसअनुसार यस बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलेका भिमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय श्याम प्रसाद पन्तलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको हो। 

निजलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। निज खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ। 

एनआईसी एसिया बैंकमा बीमा सहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकले बीमा वापत ४ करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन्। 

बैंकले हाल लिएर आएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणी अन्तर्गत ५ वर्षको लागि खातावाला एवं निजले मनोनित गरेका  ३ अन्य व्यक्तिहरूको प्रतिव्यक्ति २१ लाखसम्मको गरी कुल ८४ लाखसम्मको बीमा फाइदाको व्यवस्था गरिएको छ। 

साथै, उक्त निक्षेप योजना अनुसार ग्राहकले प्राप्त गर्ने ३ बीमा सम्बन्धी फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटिएम लगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो पटक ५ वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ।

एनआईसी एसिया बैंकले देशभरका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved