निक्षेप संकलनमा नेपाल बैंक पहिलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2022 | 03:13:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको छ। गत माघ महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन वृद्धि आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्धि आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ ।

गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले बृद्घि भएको देखिन्छ भने  कर्जा विस्तार २८.५१ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्य १६ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि  भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर १०.३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ । 

नेपाल बैंकले देशभर २१३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved