राष्ट्र बैंकले बढायो शेयर, घरजग्गा र अटो कर्जाको जोखिम भार, आगामी असारबाट लागु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 05:30:33 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी हुने विभिन्न कर्जाको जोखिम भार बढाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख भएको ब्यबस्थालाई सर्कुलर मार्फत थप प्रष्ट पार्दै  कर्जाको जोखिम भार बढाएको हो 

जस अनुसार राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा बढाएको छ । जस अनुसार अब व्यक्तिगत ओभरड्राफ्ट कर्जाको जोखिम भार १५० प्रतिशत, व्यक्तिगत हायर पर्चेज कर्जा तथा ब्यतिगत अटो लोनको जोखिम भार १५० प्रतिशत, रियल स्टेट कर्जा तथा  जग्गा प्लटिङसम्बन्धी कर्जाको जोखिम भार १५० प्रतिशत र मार्जिन प्रकृतिको शेयर कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरिएको छ । त्यस्तै ट्रष्ट रिसिट कर्जाको जोखिम भार १२० प्रतिशत कायम गरिएको छ  । यो ब्यबस्था २०७९ साल असार महिनादेखि लागु हुने छ । यस अघि  मार्जिन प्रकृतिको शेयर कर्जाको जोखिम भार १०० प्रतिशत रहेको थियो । 

राष्ट्र बैंकले यस अघि मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षामा   ' बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरावलोकन गरिनेछ ।' उल्लेख गरेको थियो  । सोहीको कार्यन्वयनको लागि आज राष्ट्र बैंकले सर्कुलर जारी गरेको हो  । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved