सनराइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबीच वित्तीय साक्षरता कार्यक्रम गर्न सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 06:37:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबिच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा र नेशनल बैंकिङ्ग इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुनेछ । बैंकका गतिविधिहरूको एक हिस्साको रूपमा र वित्तमा पहुँच सम्बन्धी चेतना जगाउने उद्देश्यले देशव्यापी वित्तिय साक्षरता कार्यक्रमहरू गर्नका लागि सो सहमती गरेको हो । 

वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पु¥याउने, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनाउन, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउने भन्ने उद्देश्य साथ वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको बैंकको नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved