स्थलगत निरीक्षणपछि बैंकहरुले नोक्सानी व्यवस्था गरेरमात्र वित्तीय विवरण प्रकाशन गर्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 06:49:39 PM मा प्रकाशित

स्थलगत निरीक्षणपछि बैंकहरुले नोक्सानी व्यवस्था गरेरमात्र वित्तीय विवरण प्रकाशन गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाले  स्थलगत निरीक्षणपछि नोक्सानी व्यवस्था गरेरमात्र वित्तीय विवरण प्रकाशन गर्नु पर्ने ब्यबस्था गरेको हो

हालसम्म राष्ट्र बैंकले गर्ने स्थलगत निरीक्षण प्रतिवेदन मार्फत थप कर्जा नोक्सानी व्यवस्था गर्ने निर्देशन प्राप्त भएमा चालु त्रैमासिक हिसाबमा थप कर्जा नोक्सानी व्यवस्था गरी सोको जानकारी राष्ट्र बैंकमा दिनु पर्ने ब्यबस्था थियो । तर, अब भने निर्देशन प्राप्त हुँदा बैंक तथा वित्तीय संस्थाको पछिल्लो त्रयमासीक र÷वा वार्षिक वित्तीय विवरण प्रकाशन नभएको भएमा निर्देशन अनुसार नोक्सानी व्यवस्था गरेरमात्र वित्तीय विवरण प्रकाशन गर्नु पर्नेछ ।

स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त भएको मितिले बढीमा ३० दिनभित्र इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिले उक्त प्रतिवेदनमा उल्लिखित कैफियतहरु सुधार तथा दिएका निर्देशनहरु पालना गरी सो निरीक्षण प्रतिवेदनमा उठाइएका बुँदाहरुको सुधारको स्थिति सहितको प्रतिक्रिया यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पठाउनु पर्ने ब्यबस्था छ । तोकिएको समयभित्र आवश्यक सुधार गरी प्रतिक्रिया पठाउन नसक्ने अवस्था भएमा इजाजतपत्रप्राप्त संस्थाले सम्बन्धित सुपरीवेक्षण विभागको स्वीकृति लिई थप भएको अवधिभित्र उक्त प्रतिवेदन राष्ट्र बैंकमा पेश गर्नु पर्ने ब्यबस्था छ । 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved