सेञ्चुरी कमर्सियल बैंकले टेकु र पेप्सीकोलामा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरेर सेवा सुरु गरेका हुन् ।
कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको छ । बैंकको कुल शाखा संख्या भने १२८ पुगेको छ ।
बैंकले १० एक्सटेन्सन काउण्टर, २५ शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।