
सानिमा बैंकले गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे ।
शाखा उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहज रुपमा सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्न सुझाव दिएका छन् ।
सानिमा बंैकले हाल १२३ शाखा र १०३ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।