बैंक वित्तीय संस्थालाई ग्लोबल मनी विक मनाउन राष्ट्र बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 05:30:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय साक्षरता समबन्धि कार्यक्रम गरि ग्लोबल मनी विक मनाउन आग्रह गरेको छ । राष्ट्र बैंकले आज इजाजतपत्रप्राप्त “क”, “ख” , “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो आग्रह गरेको हो ।

Global Money Week Coordination Committee को निर्णयानुसार OECD को समन्वयमा मिति २०७८ १२/०७ देखि २०७८/१२/१३ (२१-२७ मार्च २०२२) सम्म आयोजना हुने GMW-2022 सप्ताहमा “वित्तीय साक्षरता मार्गदर्शन, २०७८” वमोजिम वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी विशेष कार्यक्रम संचालन गर्न राष्ट्र बैंकले आग्रह गरेको हो । 

कार्यक्रमको जानकारी कार्यक्रम सम्पन्न गरेको ७ दिनभित्र राष्ट्र बैंकको गभर्नरको कार्यालय अन्तर्गतको वित्तीय साक्षरता इकाईलाई उपलब्ध गराईदिन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved