सानिमा बैंकका ग्राहकलाई नक्साल तरकारी बजारमा क्यास ब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2022 | 11:56:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको अफर ल्याएको छ । यो योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २% वा अधिकतम रु २० तथा मासिक अधिकतम रु. ५००÷– सम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने छन्। क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ ।

ग्राहकहरुले एप स्टोर तथा प्ले स्टोरबाट सानिमा सजिलो ई बैंकिङ्ग एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्ने बैंकले जनाएको छ। बैंकको सातै प्रदेशमा गरि १२३ वटा कार्यालय तथा १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved