एनसीसी बैंकका ग्राहकलाई सुमेरु सिटी अस्पतालमा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2022 | 05:29:47 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) का ग्राहकले ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा छुट पाउने भएका छन् ।

बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्पmत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी÷कोलोनोस्कोपी, युएसजी÷ईईजी÷सीटी स्क्यान÷पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत पाउने छन् । 

यसैगरी एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटीबीच पनि छुट सम्बन्धि सम्झौता भएको छ । अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्र्दा अप्टिकल्स सामागी्रमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुनेछ । 

एनसीसी बैंकले हाल १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved