इन्भेष्टमेन्ट बैंक ३७ औ वर्षमा प्रवेश, ल्यायो निक्षेप रकम २० वर्षमा ६ गुणा हुने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2022 | 02:05:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ बर्ष पुरा गरेको छ । वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले रक्तदान, वृद्धाश्रम÷बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक “बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा”को विमोचन कार्यक्रमहरु  सञ्चालन गरेको छ ।

यसका साथै बैंकले “निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता” समेत  सञ्चालनमा ल्याएको छ । 

वार्षिकोत्सवमा अवसर बैंकले  यस अवधिमा मार्गदर्शन र निर्देशन प्रदान गर्ने नियामक निकाय, वर्तमान तथा पूर्व सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु तथा शेयरधनी महानुभावहरु र अटल विश्वास गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरुप्रति  हार्दिक आभार व्यक्त गर्दै सदैव सेवाको अवसर प्राप्त हुनेमा बैंक विश्वस्त रहेको उल्लेख गरेको छ । बैंकले समयसापेक्ष एवं गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ।

यस अवधिमा बैंकले देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित÷राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले पाँच पटकसम्म बैंक अफ द ईयर तथा युरो मनि अवार्ड बाट सम्मानित भईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved