एनएमबिका ग्राहकहरुलाई जावलाखेलको सोवा हेल्थ केयर सेन्टरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 03:46:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा छुट पाउने भएका छन् ।सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक हो ।

उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ । 

उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ । 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटिएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved