नेपाल राष्ट्र बैंकद्वारा सार्क फाइनान्स ई-न्युजलेटर प्रकाशन, गभर्नरले गरे बिमोचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 06:12:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सार्क फाइनान्स ई-न्युजलेटर  प्रकाशन गरेको छ । आज आयोजित एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले  ई-न्युजलेटर  विमोचन गरेका हुन्।

सार्क फाइनान्सको अध्यक्षको हैसियतमा बैंकले उक्त  ई-न्युजलेटर प्रकाशन गरेको हो । उक्त प्रकाशनमा गभर्नर अधिकारीको सम्बोधनसँगै ४१ औं र ४२ औं'सार्क फाइनान्स गभर्नर ग्रुप मिटिब’ ले अगाडि सारेका नीतिगत प्रयास र त्यसको कार्यान्वयन अवस्थालाई उल्लेख गरिएको छ ।

यसै गरी, ई-न्युजलेटरमा सार्क फाइनान्सको साङ्गठनिक कार्यदिशा तथा सार्क फाइनान्स तथ्याङ्कीय पद्धति, प्राविधिक सहायता, तालिम कार्यक्रम, वित्तीय समावेशीकरण, अध्ययन÷अनुसन्धान लगायतका पारस्परिक सहायताका क्षेत्र र सार्क पेमेन्ट काउन्सिलको प्रगति प्रतिवेदनलाई समेटिएको छ । साथै, सार्क क्षेत्रमा कोभिड–१९ ले पारेको असर र यसलाई सम्बोधन गर्न अवलम्बन गरिएका नीतिगत प्रयास, सार्क सदस्य राष्ट्रका समष्टिगत आर्थिक निगरानी सूचक र आँकडासँगै समसामयिक आर्थिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित आलेखलाई समेत  ई-न्युजलेटरमा समेटिएको राष्ट्र बैंकले जनाएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले विमोचित  ई-न्युजलेटरले सार्क राष्ट्रका आर्थिक तथा वित्तीय क्षेत्रको अवस्था, नीतिगत अभ्यास र पारस्परिक साझा विषयलाई समेटेको उल्लेख गर्दै यो प्रकाशन सार्क क्षेत्रको निम्ति उपयोगी सन्दर्भ सामग्री रहने चर्चा गरे ।

२०७८ कात्तिक २९ (सन् २०२१ नोभेम्बर १५) मा सम्पन्न 42nd SAARCFINANCE Govermors' Group Meeting ले २०२२  अक्टोबरसम्मको निम्ति नेपाल राष्ट बैंकलाई 'सार्क फाइनान्स' को अध्यक्ष चयन गरेको थियो । विगतमा अर्धवार्षिक रूपमा 'SAARCFINANCE e-Newsletter' प्रकाशन हुँदै आएकोमा गत वर्षदेखि वार्षिक रूपमा प्रकाशन गर्न थालिएको हो।

'सार्क फाइनान्स' दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध मुलुकका केन्द्रीय बैंकहरूको सञ्जाल हो । सार्क राष्ट्रहरूबीच समष्टिगत आर्थिक नीतिको विषयमा खुला छलफल र पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा 'सार्क फाइनान्स'को स्थापना भएको थियो । सन् २००२ जनवरीमा काठमाडौंमा सम्पन्न 'एघारौं सार्क शिखर सम्मेलन' ले 'सार्क फाइनान्स' लाई औपचारिक मान्यता दिएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved