नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा बिशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 09:07:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवार र परिवारका सदस्यहरु तथा बैंकका ग्राहकहरुले धुलिखेल आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म बिशेष छुट पाउने भएका छन्। यसबारे बैंक र रिसोर्टबीच आज एक सम्झौता भएको हो। 

सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा लाग्ने  शुल्कमा १५ प्रतिशत छुट दिने हुनेछ।  

त्यसैगरि यस बैंकको डेविट कार्ड ,क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग,इन्टनेट बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट दिने  व्यवस्था गरिएको छ। 

सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होम बहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होम बहादुर खड्काले आगन्तुक रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिेसोर्ट प्रति हार्दिक आभार व्यक्त गरे। 

आगन्तुक रिर्सोटका बोर्ड संयोजक कृष्ण ज्ञवालीले नेपालको ठूलो र सबल बैंक संग सहकार्य गर्ने पाउँदा खुसी व्यक्त गर्दे आगामी दिनमा यो सहकार्य थप मजबुत हुंदै जाने विश्वास व्यक्त गरे। 

उक्त कार्यक्रममा नेपाल बैंकका बजारिकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल र आगन्तुक रिसोर्टका मार्केटिङ्ग प्रमुख प्रभाकर खड्का लगायतको पनि उपस्थिति रहेको थियो ।

नेपाल बैंकले देशभर रहेका आफ्ना २१३ शाखाहरु, १४७ एटिएम साथै ४९ वटा टेक्स्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved