अब नागरिक बचतपत्रमा अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 08:17:32 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकल नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् पनि गर्न सकिने ब्यवस्था गरेको छ  ।नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया (दोस्रो संशोधन २०७८) जारी गर्दै अनलाइन प्रणालीमार्फत् पनि गर्न आवेदन गर्न सकिने ब्यवस्था गरेको हो  ।

राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ताले नागरिक बचतपत्र खरीद गर्नको लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोाजिमको स्व–घोषणा फारम भरी राष्ट्र बैंकको वेबसाइट अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणाली मार्फत पेश गर्न सकिन्छ।

नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुला गरिन्छ । खरीदकर्ताले सोही अवधिभित्र खरीदको लागि आवेदन दिनु पर्छ। जो कोहि नेपाली नागरिकले आवेदन दिन सक्छन् । राष्ट्र बैंकले बचतपत्रमा ब्याज  प्रदान गर्छ । 

नागरिक बचतपत्रको दोस्रो बजार कारोबार अर्थात्बचतपत्रको शुरु निष्काशन पछिको खरीद–बिक्री कारोबार बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था (शाखा कार्यालयहरुबाट समेत) र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु मार्पmत गर्न सकिनेछ ।

नागरिक बचतपत्रको बाँडफाँट खुला बजार सञ्चालन समितिको निर्णयानुसार गरिन्छ।  रितपूर्वक पेश हुन आएका आवेदकहरुको नाममा मात्र बचतपत्र निष्काशन गरिनेछ । रित नपुगेका आवेदनहरुलाई अस्वीकृत गरिन्छ । अस्वीकृत आवेदकहरुको रकम बचतपत्र निष्काशन मिति पश्चात्७ दिनभित्र खरीद  गरेको संस्थामार्पmत्बिना ब्याज फिर्ता गरिन्छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved