एनआरएनलाई नेपालमा डलर खाता खोल्न सहज,राष्ट्र बैंकले घटायो न्युनतम निक्षेपको सीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 06:52:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गैर आवासीय नेपालीले नेपालको बैंक तथा वित्तीय संस्थामा  न्युनतम १ हजार डलर राख्न  पाउने भएका छन् । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै न्युनतम संकलन गर्नु पर्ने निक्षेपको सीमा घटाएको हो । 

यस अघि गैर–आवासीय नेपालीहरूले न्यूनतम अमेरिकी डलर पाँच हजार निक्षेप राख्नु पर्ने ब्यबस्था थियो  । अब भने त्यसलाई घटाएर १ हजार डलर कायम गरिएको हो  । त्यस्तै न्युनतम मौज्दात १ हजार डलर हुनु पर्ने छ । यस अघि ५ हजार डलर न्युनतम मौज्दात हुनु पर्न  ब्यबस्था थियो ।

त्यस्तै अब गैर-आवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा देहायबमोजिमका कुनै एक कागजातको प्रतिलिपि लिनु पर्नेछ:

(क) नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर-आवासीय नेपालीको अद्यावधिक परिचयपत्र,

(ख) गैर-आवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वेदशी वा विदेशी),

(ग) साबिकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एशियाली क्षेत्रीय
सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी/नागरिकता सहित त्यस्तो प्रमाणित हुने कागजात।

साथै, माथि (क), (ख) वा (ग) उल्लिखित कुनै एक कागजात सहित नाता प्रमाणित हुने कागजातको आधारमा नाबालकको नाममा समेत यस्तो खाता खोल्न तथा सञ्चालन गर्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved