नेपाल बैंक र पोखरा विश्वविद्यालय बीच सम्झौता , निशुल्क डिम्याट सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2022 | 07:15:36 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एबम् विद्यार्थिहरुलाई आधुनिक एबम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न सुरु गरेको छ । बैंक र पोखरा विश्वविद्यालय बीच २०७८ फाल्गुण १९ गते भएको सम्झौता बमोजिम बैंकले सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न सुरु गरेको हो  ।

जस अन्तर्गत बिश्वबिद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक÷ शिक्षक÷कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गरि एटिएम कार्ड निःशुल्क उपलब्ध गराइने,मोबाइल बैंकिंग र इन्टरनेट बैंकिंग रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५% छुट प्रदान गरिने, जुनसुकै प्रकारको कर्जा लिदा सेवा शुल्कमा २५% छुट प्रदान गरिने,डिम्याट, मेरो शेयर, सीआश्वा दर्ता सुविधा निःशुल्क उपलब्ध गराइने, कर्मचारीहरुलाई क्रेडिट कार्डको सुबिधा प्रदान गर्ने लगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क  (Free ABBS)  तत्कालै ट्रान्सफर गरिने, बिश्वबिद्यालयको आबश्यकता अनुसार बिश्बबिद्यालय परिसरमा एटिएम मेसिन, बैंक काउन्टर, बैंक शाखा स्थापना गरि बैंकले सेवा प्रदान गर्ने लगायत विविध बैकिङ्ग सेवा एबम् सुविधाहरु उपलब्ध गराउने छ । यस सम्झौतामा  पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा.दीपकबहादुर भण्डारी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए  । 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अधिकारीले नेपालको पहिलो र्बैक र विश्वविद्यालय बिचको सम्झौताले दुवैलाई उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएकाले हस्ताक्षर गरिएको बताउदै विश्वविद्यालय र र्वैकलाई अझ व्यवसायिक उचाईमा कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गरे  । बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्झौतालाई ऐतिहासिक रुपमा लिएको बताउँदै आर्थिक कारोवारको रुपमा नेपाल बैंकलाई छनोट गरेको भन्दै विश्वविद्यालयलाई ध्रन्यवाद दिए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved