सनराइज बैंकद्वारा दक्षिणकालीमा वित्तिय साक्षरता प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 05:55:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकको फर्पिङ्ग शाखाले दक्षिणकालीमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँग सहकार्य गरी आयोजना गरेको हो । 

करिब १०० जना स्थानीय महिला, साना व्यवसायीहरुको सहभागीता रहेको उक्त कार्यक्रमले बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ्ग, डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली, लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो । 

कार्यक्रममा बैंकका  नायब महाप्रबन्धक रबिन कुमार नेपाल, नेशनल बैंकिङ्ग इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी र बैंकका अन्य प्रतिनिधिहरुले बिभिन्न विषयमा सहभागीहरुलाई साक्षरता प्रदान गरेका थिए । 

केही समयअघि सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा डिजिटल बैंकिङ्ग गर्न प्रोत्साहन गरी डिजिटल दक्षिणकाली अभियान समेत गरेको थियो । 

सनराइज बैंकले हाल १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved