नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई पोखराको अतिथि रिसोर्टमा बिशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 10:15:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता भएको छ । नेपाल बैंक र अतिथि रिसोर्ट बिच २०७८ फाल्गुण २० गते भएकोे सम्झौता बमोजिम नेपाल बैंकका डेविट कार्ड , क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग, ईन्टनेट बैंकिङ्ग र क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई र नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई अतिथि रिसोर्टमा आवासमा २५ प्रतिशत, पेय पदार्थमा १५ प्रतिशत र खानामा १० प्रतिशत लाग्ने शुल्कमा छुट दिने सम्झौता भएको हो । 

गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र अतिथि रिर्सोटको तर्फबाट प्रबन्धक निर्देशक भरतराज शर्माले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अतिथि रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिेसोर्ट प्रति हार्दिक आभार व्यक्त गरेका छन्। अतिथि रिर्सोटका प्रबन्धक निर्देशक भरतराज शर्माले नेपालको ठूलो र सबल बैंक संग सहकार्य गर्ने पाउँदा खुसी व्यक्त गर्दे आगामी दिनमा यो सहकार्य थप मजबुत हुंदै जाने विश्वास व्यक्त गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved