गत साता बैंकहरुको निक्षेप ११ अर्ब बढ्यो, ५ अर्ब कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2022 | 04:55:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुन १३ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रहेकोमा फागुन २० गतेसम्म आईपुग्दा पनि बैंकहरुको निक्षेप ११ अर्बले बढेर ४३ खर्ब २४ अर्ब कायम भएको छ ।  यस अवधिमा नेपाली मुद्राको निक्षेप १२ अर्ब बढेको छ भने विदेशी मुद्राको निक्षेप १ अर्ब घटेको छ । 

त्यस्तै यस अवधिमा कर्जा प्रवाह ५ अर्बले बढेको छ ।  फागुन १३ गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ६५ अर्ब रहेकोमा फागुन २० गतेसम्म आईपुग्दा  बैंकहरुको कर्जा प्रवाह बढेर ४१ खर्ब ७० अर्ब कायम भएको छ ।  

वाणिज्य बैंकहरुले फागुनको लागि ब्याजदर बढाएका थिए ।  २ महिनासम्म ब्याजदर स्थित राखेका बैंकहरुले फागुनको लागि भने ब्याज बढाएका थिए ।  बैंकहरुले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिएका छन् । बाणिज्य बैंकहरुले ब्याज बढाएपछि विकास बैंक र फाइनान्सहरुले पनि फागुनको लागि ब्याज बढाएका छन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved