राष्ट्र बैंकद्वारा १ रुपैयाँका सिक्का प्रचलनमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2022 | 06:53:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले फागुन २५ गतेदेखि १ रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउने भएको छ। राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको निम्न विशेषताहरु रहेको रुपैयाँ १ दरको सिक्का मिति २०७८।११२५ देखि चलनचल्तीमा ल्याउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसट्ठी वटा थोप्लाहरु रहेको, चौसट्ठी थोप्लाहरूको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ। त्यस्तै सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ भने नेपालको नक्शाको दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीन)हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको छ।

सिक्काको पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसट्ठी वटा थोप्लाहरु रहेको छ भने आठ थोप्ला सहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा SAGARMATHA NEPAL लेखिएको छ। सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved