नारी दिवसको अवसरमा नेपाल बैंकले ल्यायो बीमा सुविधासहितको विशेष खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2022 | 07:25:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बैंकिङ्ग तथा ईन्स्योरेन्स सुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । मासिक न्यूनतम रु २५,००० र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशुल्क लकर सुविधा लगाएत थुप्रै बैंकिङ्ग सुविधाहरु रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार रु१०,००,००० बराबरको र्दुघटना बिमा सुविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको छ ।

बैंकले नेपालभर २१३ शाखाहरु, १४८ एटिएमकासाथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको  छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved